काठमाडौं । काठमाडौं विश्वकै चौथो वायु प्रदूषित शहरको सूचीमा परेको छ ।
विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको आईक्यूएअर का अनुसार, बुधबार बिहान काठमाडौंको वायु प्रदूषण स्तर १६७ एक्यूआई मापन गरिएको हो, जुन ‘अस्वस्थ’ वर्गमा पर्छ ।
सूचीमा पहिलो स्थानमा पाकिस्तानको लाहोर रहेको छ, जहाँ वायु प्रदूषण ४५८ एक्यूआई मापन गरिएको छ ।
त्यस्तै, भारतको राजधानी नयाँ दिल्ली २२६ एक्यूआईसहित दोस्रो प्रदूषित शहर बनेको छ भने, चीनको बेइजिङ २१५ एक्यूआईका साथ तेस्रो स्थानमा परेको छ ।
वातावरण विभागका अनुसार ०-५० एक्यूआईसम्मको सूचकांक मात्रै राम्रो मानिन्छ । ५१-१०० मध्यम, १०१-१५० हुँदा अस्वस्थ, १५१-२०० अस्वस्थ, २०१-३०० निकै अस्वस्थ र ३०१ एक्यूआई भएमा खतरनाक तहमा पुगेको मानिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया