जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

लोकपथ
448
Shares

बर्दिया । जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई प्रहरीले  पक्राउ गरेको छ । 

बारबर्दिया नगरपालिका–३ बेल्बज्जास्थित बाख्राको खोरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय कालुराम थारु समेत ६ जनालाई मंगलबार राति पक्राउ गरेको हो  । 

इलाका प्रहरी कार्यालय जयनगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४७ हजार ४ सय ८० रुपैयाँ र ७ बुक ताससहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?