रुपन्देहीमा ईभी गाडी दुर्घटना : तीन जनाको मृत्यु, चार जना गम्भीर घाइते 

लोकपथ
1.5k
Shares

काठमाडौं । रुपन्देहीमा भएको यात्रुवाहक ईभी गाडी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् ।

बागमती प्रदेश ०१–००६ ख ७७८२ नम्बरको ईभी गाडी रुपन्देहीको रुद्रपुरतर्फ जाँदै गर्दा गएराति करिब साढे १० बजे अचानक अनियन्त्रित भई सडक छेउमा रहेको रुखमा ठोक्किएर दुर्घटनामा परेको हो ।

दुर्घटनामा रुपन्देहीको सैनामैना–८ बाँसगढीका ४५ वर्षीय खुमबहादुर आचार्य, कन्चन गाउँपालिका–५ का ४३ वर्षीय जितेन्द्र थापा र ४२ वर्षीय खेम विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी गणेश सापकोटाले जानकारी दिए । उनीहरू सबैको कपिलवस्तुको पिपरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते हुनेमा गाडीका चालक ३५ वर्षीय विक्रम श्रेष्ठ, उनका १० वर्षीय छोरा समीर श्रेष्ठ, ३२ वर्षीय सोनु चौधरी र ३९ वर्षीय अशोक थापा रहेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?