काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।
मंगलबार तोलाको २ लाख ३७ हजार रुपैयाँमा कारोबार भएको सुन बुधबार ७०० रुपैयाँले घटेर तोलामा २ लाख ३६ हजार ३०० रुपैयाँमा पुगेको छ ।
तिहारपछि लगातार सुनको मूल्य ओरालो लागेको छ ।
त्यस्तै, चाँदीको मूल्य भने बढेको छ । मंगलबार तोलाको २ हजार ९२० रुपैयाँमा रहेको चाँदी बुधबार बढेर तोलामा २ हजार ९६५ रुपैयाँ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया