काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको सबै सुरक्षाकर्मी फिर्ता बोलाइएको छ ।
नेपाललाई पूर्वप्रधानमन्त्रीको हैसियतमा दिइँदै आइएको सुरक्षाकर्मी फिर्ता बोलाइएको हो ।
नेपाल पताञ्जली जग्गा प्रकरणमा मुछिएका थिए । उनी धरौटीमा रिहा भए पनि मुद्दा भने अझै बाँकी रहेको छ । उनी भ्रष्टाचार मुद्दामा अभियुक्त रहेका कारण सुरक्षाकर्मी फिर्ता बोलाइएको गृह स्रोतको दाबी छ ।
पतञ्जली जग्गा प्रकरणमा दोषी देखिएका नेपाल ३५ लाख धरौटी बुझाएर रिहा भएका थिए ।
उनको सुरक्षाकर्मी सबै फिर्ता बोलाइए पनि उनले सुरक्षा थ्रेट महसुस गरेमा निवेदन दिएर पुनः लिनसक्ने समेत बताइएको छ ।
त्यसो त जेनजी आन्दोलनपछि अन्य पूर्वप्रधानमन्त्रीहरुको समेत कार्यविधि बाहेकका सुरक्षाकर्मीहरु कटौती गरिएको थियो ।
सरकारले पूर्वप्रधानमन्त्रीलाई १६ सशस्त्र प्रहरी र २ जना जनपथ प्रहरी दिँदै आएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया