काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड र प्रभु बैंक लिमिटेडबिच लघुवित्तका कर्मचारीलाई विशेष बैंकिङ सुविधा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौतामा आरम्भ चौतारी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत शिव प्रसाद ज्ञवाली र प्रभु बैंकका तर्फबाट प्रमुख लेख बहादुर पुनले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार अब आरम्भ चौतारी लघुवित्तका कर्मचारीहरूले प्रभु बैंकमार्फत विभिन्न सुविधा सम्पन्न र उत्कृष्ट बैंकिङ सेवा प्राप्त गर्न सक्नेछन् ।
‘बैंक अफ द इयर २०२३’, ‘फिनाकल इन्फोसिस इनोभेसन गोल्ड २०२४’ र ‘युरोमनी बेस्ट डिजिटल बैंक फर एसएमई २०२५’ जस्ता अन्तर्राष्ट्रिय अवार्डहरू प्राप्त प्रभु बैंकले देशभर ३१२ शाखा, २८६ एटीएम र ६९ एक्सटेन्सन काउण्टरमार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ ।
‘विश्वास लिन्छौँ, विश्वास दिन्छौँ’ भन्ने नारासहित प्रभु बैंकले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै गुणस्तरीय र प्रतिस्पर्धी बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया