काठमाडौं । सल्यानमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । बनगाड कुपिण्डे नगरपालिका-७ पाखापानी बस्ने ५२ वर्षीय तिलक बहादुर रोकालाई भरुवा बन्दुक १ थान सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय देवस्थलबाट खटिएको प्रहरी टोलीले उनको घर नजिकै रहेको बाँसको झ्याङ्गबाट उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया