जेनजी युवाहरूलाई एकताबद्ध भएर अघि बढ्न ‘जेन–जेड युनाइटेड’को खबरदारी  

लोकपथ
105
Shares

काठमाडौं । जेनजी पुस्ताका युवाहरूलाई एकताबद्ध हुन र शहीदहरूको रगत नबिर्सन खबरदारी गर्दै जेन–जेड युनाइटेडका युवाहरूले काठमाडौंको बबरमहलमा प्रदर्शन गरेका छन् । 

जेनजी समूहरुलाई एकताबद्ध भई शहीदका सपनाहरू पूरा गर्न खबरदारी गर्न जेन–जेड युनाइटेडको नामबाट मंगलवार बबरमहलमा प्रदर्शन गरिएको हो । 

प्रदर्शनमा बालबालिकाहरू र शहीद परिवारका सदस्यहरू पनि सहभागी छन् । प्रदर्शनकारीहरूले ‘राष्ट्र पहिला, अहंकार पछि’, ‘देश दुख्दा मौन नबसौँ, एक हौँ’, ‘शहीदहरूको रगत नबिर्स’, ‘देशका घाउहरू हाम्रो जिम्मेवारी’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् । 

नेपाली झण्डा शरीरमा ओढेर शान्तिपूर्ण प्रदर्शन गरिरहेका उनीहरूले जेनजी समूहलाई एकताबद्ध गर्न सरोकारवाला सबैले सहयोग गर्नुपर्नेमा जोड दिँदै आएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?