हिउँ पर्‍यो फुरुरु… [फोटोफिचर]

लोकपथ
294
Shares

काठमाडौं । मनाङ, मुस्ताङ लगायतका हिमाली जिल्लामा गएरातिदेखि लगातार हिउँ परेपछि जनजीवन प्रभावित भएको छ ।

मुस्ताङको लोमाङथाङ गाउँपालिका–५ नेचुङस्थित उपल्लो मुस्ताङ क्षेत्रमा जमेको हिउँ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट नेचुङले हटाएको हो ।

प्रहरी टोलीले कोरला नाका जाने बाटोमा हिउँ पन्छ्याउँदै यात्रु तथा पर्यटकलाई सुरक्षित यात्राका लागि सचेत गराएको छ ।

प्रहरीका अनुसार हिउँ जमेर बाटो अवरुद्ध भएपछि बिहानैदेखि पन्छ्याउने काम गरिएको हो। साथै, थप हिमपात हुने सम्भावना भएकाले उक्त क्षेत्रमा तत्काल भ्रमण वा पदयात्रामा नजान अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?