६२ अंकले बढ्यो नेप्से

लोकपथ
98
Shares

काठमाडौं । मंगलबार शेयर बजार ६२.२९ अंकले बढेर २५७१ अंकमा पुगेको छ । प्रारम्भमा केही मिनेट बजार रातो देखिए पनि त्यसपछि हरियो भएर दिनभर स्थिर रह्यो ।

कारोबार रकममा पनि उल्लेखनीय वृद्धि भएको छ । अघिल्लो आइतबार २ अर्ब ७९ करोड रुपैयाँको कारोबार भएकोमा आज ४ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । आज २३६ कम्पनीको मूल्य बढ्दा १२ कम्पनी घटे र २ स्थिर रहे।

विकास बैंक समूह ४.४७ प्रतिशतले बढ्दै सबैभन्दा बढी लाभमा रह्यो। त्यसपछि हाइड्रोपावर ३.९०, जीवन बीमा ३.५५, लगानी ३.१९, फाइनान्स ३.१४, होटल तथा पर्यटन २.८०, माइक्रोफाइनान्स २.५९, निर्जीवन बीमा २.५४, बैंकिङ १.९२, अन्य १.९१ र उत्पादन तथा प्रशोधन समूह ०.३७ प्रतिशतले बढे।

न्यादी हाइड्रोपावर, बुटवल पावर कम्पनी र एक्सल डेभलपमेन्ट बैंकको मूल्य १० प्रतिशतले उक्लिएको छ। राधि विद्युतको ९.६०, लुम्बिनी विकास बैंकको ९।३५, सिंगटी हाइड्रो इनर्जीको ८.२१ र फर्स्ट माइक्रोफाइनान्सको ८.१२ प्रतिशतले वृद्धि भएको छ ।

हिमालयन पावर पार्टनरको मूल्य ६.३६ प्रतिशतले घट्दै सबैभन्दा कमजोर रह्यो। युनिलिभर नेपाल ३.८८ र बोटलर्स नेपाल बालाजु ३.७७ प्रतिशतले घटेका छन् ।

आज सबैभन्दा बढी कारोबार हुने कम्पनीहरूमा हिमालयन पावर पार्टनर, युनियन हाइड्रोपावर, राधि विद्युत्, बुटवल पावर र एनआरएन इन्फ्रास्ट्रक्चर परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?