काठमाडौं । भालुको पित्त जस्तो देखिने संरक्षित वन्यजन्तुको आखेटोपहारसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा कालिकोट, खाँडाचक्र नगरपालिका ६ का २५ वर्षीय रमेश बहादुर शाही र सोही ठाउँका २८ वर्षका कृष्ण बहादुर शाही रहेका छन् ।
संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन हुन लागेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले आइतबार काठमाडौं, गोकर्णेश्वर रुप्सेटारबाट उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त जस्तो देखिने वस्तु २ थान फेला परेको छ ।
उनीहरूलाई आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार, काठमाडौंमा बुझाइएको प्रहरीले जनाएको छ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया