बीपी राजमार्गमा कार दुर्घटना : श्रीमानको मृत्यु, श्रीमती र छोरा घाइते

लोकपथ
2.1k
Shares

काठमाडौं । सुनकोशी गाउँपालिका–६, चैनपुरस्थित बीपी राजमार्गमा मंगलबार बिहान भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय खुर्कोटका अनुसार बा ७ च ७५५४ नम्बरको कार विराटनगरबाट काठमाडौंतर्फ जाँदै गर्दा आज बिहान सडकबाट करिब ४२ फिट तल खस्दा दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका चालक विराटनगर-१७ का ६५ वर्षीय ओमबहादुर अर्जेललाई उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका छन् । 

उनकी श्रीमती ४९ वर्षीया सुनिता अर्जेल र छोरा ३१ वर्षीय निशान्त अर्जेल घाइते भएका छन् ।

प्रहरीका अनुसार सुनिताको दाहिने हातलगायत शरीरका विभिन्न भागमा चोट लागेको र उनको अवस्था गम्भीर रहेको छ भने निशान्तको दाहिने हातमा चोट लागेर अवस्था मध्यम रहेको बताइएको छ।

घाइते दुवै जनालाई प्रारम्भिक उपचारपछि धुलिखेल अस्पतालमा थप उपचारका लागि पठाइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?