काठमाडौं । नेपाल पर्वतारोहण संघले वर्षा र हिमपात भइरहेका बेला उच्च हिमाली क्षेत्रमा नजान र पासहरु क्रस नगर्न आग्रह गरेको छ ।
मंगलबार बिहानैदेखि देशका विभिन्न भूभागमा वर्षा भइरहेको छ । साथै हिमाली क्षेत्रहरुमा हिमपात समेत भइरहेको छ ।
अहिले जोखिमपूर्ण गन्तव्यहरुमा समेत पदयात्रा गर्ने मौसम रहे पनि केही दिनदेखि मौसममा खराबी आएसँगै कतिपय पर्यटकहरुको बिचल्ली भएको छ ।
यता पर्वतारोहण संघले उच्च हिमाली क्षेत्रहरुमा रहेका सम्पूर्ण आरोहण दल तथा पदयात्रीहरुलाई सुरक्षित स्थानमा एकत्रित भइ बस्न आग्रह गरेको हो ।
‘उच्च हिमाली क्षेत्रहरुमा रहेका सम्पूर्ण आरोहण दल तथा पदयात्रीहरु सुरक्षित स्थानमा एकत्रित भएर रहन र नेपाल पर्वतारोहण संघ तथा सम्बन्धित ट्रेकिङ कम्पनीहरुश्रसँग नियमित सम्पर्कमा रहन हामी हार्दिक अनुरोध गर्न चाहन्छौँ,’ जारी विज्ञप्तिमा भनिएको छ,‘सम्बन्धित ट्रेकिङ कम्पनीहरुलाई पनि आ–आफ्नो आरोहण दलहरु तथा पदयात्रीहरुलाई सुरक्षाका लागि सतर्कता अपनाउन समन्वयका लागि हार्दिक अनुरोध गर्दछौँ ।’
मौसम पूर्वानुमान महाशाखाद्वारा जारी सूचना अनुसार अझै केही दिनहरुमा हिमाली तथा पहाडी भू–भागहरुमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना समेत रहेको छ ।
संघले त्यस्ता भूभागहरुमा यात्रा गर्नुपूर्व थप सतर्कता अपनाउन पनि अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया