काठमाडौं । जेनजी प्रदर्शनको क्रममा प्रहरी हिरासतबाट भागेका एक जना थुनुवा पक्राउ परेका छन् ।
लागुऔषध मुद्दामा पक्राउ परेका सिराहा धनगढीमाई नगरपालिका–१० का २७ वर्षीय नवराज गिरीलाई प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका–८, लुभुबाट आइतबार पक्राउ गरेको हो ।
गिरी भदौ २४ गते जेनजी प्रदर्शनको दौरान प्रहरी वृत्त सातदोबाटोको हिरासतबाट फरार भएका थिए । उनी पक्राउ परेपछि लागुऔषधसम्बन्धी चालु मुद्दामै अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया