काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दल दर्ताका लागि आज निर्वाचन आयोगमा जाने भएको छ ।
पार्टीका महासचिव विप्लवको नेतृत्वमा आज दिउँसो पौने १ बजे आयोगमा पुगेर दल दर्ताका लागि निवेदन दिने तयारी गरिएको हो ।
यसअघि नै आयोगमा ‘नेकपा’ नाममा अन्य दल दर्ता भइसकेकाले विप्लव समूहले नयाँ नाम राखेर दल दर्ता प्रक्रिया अघि बढाउने तयारी गरेको बताइएको छ ।
दल दर्ताका लागि पार्टीले स्थायी समिति सदस्य कर्ण जित बुढाथोकीको संयोजकत्वमा केन्द्रीय सदस्य तथा काठमाडौं सेक्रेटरी चिरञ्जीवी ढकाल र वरिष्ठ अधिवक्ता कपिलचन्द्र पोखरेल सदस्य रहेको तीन सदस्यीय समिति गठन गरेको छ ।
विप्लव नेतृत्वको नेकपा भूमिगत गतिविधि त्यागेर खुलेर राजनीतिक गतिविधिमा सक्रिय भएको करिब चार वर्षपछि औपचारिक रूपमा दल दर्ता गर्न लागिरहेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया