काठमाडौं । सल्यानको बागचौर नगरपालिका-४, बाङ्गेलाखुरीस्थित राप्ती राजमार्गमा आज (मंगलबार) बिहान एक फोर्स गाडी दुर्घटना हुँदा तीन जना यात्रु घाइते भएका छन् ।
नेपालगन्जबाट अर्वारे फारुलातर्फ जाँदै गरेको लु.प्र.०१-००१ख ०२४१ नम्बरको फोर्स गाडी सडकबाट करिब ७ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
दुर्घटनाग्रस्त गाडीका चालक बाँकेको कोहलपुर उपमहानगरपालिका-१२, चप्परगौरीका २७ वर्षीय कमल बोहरा हुन् । उक्त गाडीमा १४ जना यात्रु सवार रहेका थिए ।
दुर्घटनामा परेर दार्मा गाउँपालिका-५ का ३३ वर्षीय बुद्धिमान केसी, दार्मा-२ की करिब ६१ वर्षीया रत्नकुमारी वली र सोही ठाउँकी करिब ५० वर्षीया टेककुमारी वली घाइते भएका छन् ।
प्रहरीका अनुसार घाइते सबैको अवस्था सामान्य रहेको र उनीहरूको उपचार बागचौरस्थित सहज पोलिक्लिनिकमा भइरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया