काठमाडौं । नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै माओवादी धारासहितका वामपन्थी शक्तिहरूलाई एउटै कम्युनिस्ट पार्टीको झन्डामुनि एकताबद्ध हुन आग्रह गरेका छन् ।
मंगलबार सामाजिक सञ्जालमार्फत उनले देशमा देखिएका राजनीतिक जटिलता, जनअपेक्षा, राष्ट्रिय स्वाधीनता र लोकतन्त्रमाथि परेका चुनौती समाधानका लागि वाम एकता अपरिहार्य भएको बताए ।
‘देशभक्त, प्रगतिशील र वामपन्थी शक्तिहरूबीच संगठनात्मक ध्रुवीकरण र सहकार्य समयको माग हो,’ उनले लेखेका छन् । प्रचण्डका अनुसार राष्ट्रले सामना गरिरहेका संकटहरूको समाधान अग्रगामी विचार, इमान्दार संगठन र राजनीतिक पहलकदमीबाट मात्रै सम्भव छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया