काठमाडौं । एघारौँ महाधिवेशनको तयारीमा जुटेको एमालेले कात्तिक १५ गते बस्नेगरी केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।
पार्टीका कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार सचिवालय बैठकले महाधिवेशनसँग सम्बन्धित विभिन्न निर्णय गर्ने भएको छ । सचिवालय बैठकले महाधिवेशन प्रतिनिधि छनोट विधि, महाधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन, स्थानीय आयोजकसँग समन्वय आदिबारे निर्णय गर्ने भएको छ । बैठकले महाधिवेशन तयारीको पूर्ण खाका सार्वजनिक गर्नेछ । बैठकमा महाधिवेशनको लोगो र नाराका विषयमा पनि छलफल जनाइएको छ ।
गत असोज २९–३१ मा भएको एमालेको केन्द्रीय कमिटी बैठकले एघारौँ महाधिवेशन मंसिर २७–२९ मा गर्ने निर्णय गरिसकेको छ । महाधिवेशन पर्यटकीय नगरी पोखरामा हुनेछ ।
एमालेमा झन्डै साढे ६ लाख पार्टी सदस्य रहेका छन् । पार्टी सदस्य संख्याका आधारमा महाधिवेशन प्रतिनिधि तय गर्ने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया