काठमाडौं । मुस्ताङमा बाक्लो हिमपात परेको छ । कागबेनीदेखि माथिल्लो क्षेत्र, उपल्लो मुस्ताङ र मुक्तिनाथलगायत स्थानमा अहिले पनि हिमपात भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मुक्तिनाथ मन्दिर परिसर र आसपासका क्षेत्रमा हिमपातका कारण तीर्थालुहरू प्रभावित भएका छन् भने स्थानीयको जनजीवन पनि कष्टकर बनेको छ ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङले सोमबार सूचना जारी गर्दै आगामी बुधबारसम्म मौसम प्रतिकूल रहने भएकाले उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न आग्रह गरेको छ । जल तथा मौसम विभागको प्रक्षेपणअनुसार उक्त अवधिसम्म मुस्ताङका विभिन्न उच्च हिमाली क्षेत्रमा भारीदेखि हल्का हिमपात हुने सम्भावना छ ।
मुस्ताङ–डोल्पा, पाँच हजार ८०० मिटर उचाइको याकखर्क क्षेत्र, पाँच हजार ४०० मिटरको मनाङ-मुस्ताङ थोरङ्लापास, छ हजार मिटरको मुस्ताङ-मनाङ सरिबुङ पास र मुस्ताङ-म्याग्दीको धौलागिरि पदमार्गलगायत क्षेत्रमा हिमपात हुने अनुमान गरिएको छ, र ती क्षेत्रहरूमा यात्रा नगर्न र नगराउन आग्रह गरिएको छ । साथै, जिल्लाको अन्य भागमा समेत बुधबारसम्म हिमपात र वर्षाको सम्भावना रहेकाले पर्यटक तथा तीर्थयात्रीहरूले मौसमसम्बन्धी जानकारी लिएर उच्च सतर्कताका साथ यात्रा गर्न अनुरोध गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया