काठमाडौं । देशका विभिन्न स्थानमा ५ जना मृत अवस्थामा फेला परेका छन् ।
सुनसरीको कोशी गाउँपालिका–४ स्थित सडक छेउमा हाल नाम, थर र वतन नखुलेकी अन्दाजी ४० वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।
त्यस्तै रामेछाप, रामेछाप नगरपालिका–७ हिलेपानी बस्ने ५७ वर्षीय राम बहादुर कार्की आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यता सुर्खेत, गुर्भाकोट नगरपालिका–१२ सुकिदह बस्ने ४२ वर्षीय अर्जुन थापा सोही ठाउँस्थित ठाटीखोला भन्ने स्थानमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
बागलुङ, गलकोट नगरपालिका–३ नियाला ४८ वर्षीय तुल बहादुर खत्री घर नजिकै रहेको आफ्नै पाखो बारीमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
बाजुरा, जगन्नाथ गाउँपालिका–१ लोहारवाडा बस्ने ४५ वर्षीया पदमकला लोहार सोही ठाउँस्थित जंगलमा सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।
घटनाका सन्दर्भमा स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया