प्रधानमन्त्री कार्कीद्वारा कमलपोखरीमा छठ पूजा

लोकपथ
91
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौंको कमल पोखरीमा पुगेर छठीमाईको पूजा गरेकी छन् । प्रधानमन्त्री कार्मीले सोमाबार छठ पर्वको मुख्य दिन कमलपोखरी पुगेर अस्ताउँदो सूर्यलाई अर्घ दिई छठीमाईको पूजा आराधना गरेकी हुन् ।

प्राचीन कालदेखि सूर्यको आराधना गरी मनाइँदै आएको बहुसांस्कृतिक, बहुधार्मिक एवं बहुजातीय पर्व छठको अनुष्ठानअन्तर्गत सोमबार अस्ताउँदो सूर्यलाई अर्घ दिइँदैछ ।

काठमाडौंको कमल पोखरीमा विगत नौ वर्षयता छठ पर्वको अवसर पारेर विशेष कार्यक्रम आयोजना हुँदै आएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?