किष्ट अस्पतालमा झडप, प्रहरीद्वारा लाठीचार्ज र अश्रुग्यास प्रहार

लोकपथ
1.2k
Shares

काठमाडौं । ललितपुरको इमाडोलस्थित किष्ट मेडिकल अस्पतालमा प्रहरीले प्रदर्शकारीमाथि आश्रुग्यासको साथै लाठीचार्जसमेत गरेको छ ।

प्रदर्शनका क्रममा मृतकका आफन्तले अस्पतालको गेट तोडेर ढुंगामुढा र तोडफोड गर्न थालेपछि प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको हो ।

ठूलो संख्यामा खटिएका सुरक्षाकर्मीहरूले मृतकका आफन्तलाई ढुंगामुढा नगर्न आग्रह गर्दा पनि भीड उतेजित भई प्रहरीमाथि आक्रमण गर्न थाले।

स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्जको साथै अश्रुग्यास प्रहार गरेको छ । अश्रुग्यास प्रहार भएपछि स्थानीय समुदाय पनि आक्रोशित बनेको छ ।

गत शुक्रबार उपचारको क्रममा सुत्केरी मीना राईको मृत्यु भएपछि अस्पतालमा आफन्तले हिजो देखि नै चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै अस्पताल परिसरमा प्रदर्शन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?