चलचित्रको प्रचार गर्न नेपाल आइन् अभिनेत्री पूजा 

लोकपथ
273
Shares

काठमाडौं । अभिनेत्री पूजा चन्द नेपाल आएकी छन् । सोमबार संयुक्त राज्य अमेरिकाबाट चलचित्र परानको प्रचारका लागि नेपाल आएकी हुन् ।

नेपाल आएसँगै विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले आफू चलचित्र प्रदर्शनको प्रचारका लागि नेपाल आएको बताइन् । चलचित्र परानका निर्देशक दीपक आचार्य (काकु) सँग छलफल गरेर नेपाल आएको बताइन् । 

कार्तिक १४ मा प्रदर्शन हुन लागेको चलचित्र परानमा उनी आमाको भूमिकामा देखिएकी छिन् । दीपकप्रसाद आचार्यबाट निर्देशित यस चलचित्रमा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुव्रतराज आचार्य, सुरेश थापा, विनोद राई, बाल कलाकार आर्यदीप आचार्य र आरभजंग अधिकारी लगायत कलाकारकोे अभिनय रहेको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?