छठ पूजाको लागि कुपण्डोलमा तयारी पूरा

लोकपथ
56
Shares

काठमाडौं । छठ पर्वको मनाउनको लागि ललितपुरको कुपण्डोलमा सम्पूर्ण तयारी पूरा भएको छ । कुपण्डोलको बागमती नदी किनारमा रहेको घाटलाई सरसफाई गरेर नवदुलहीझैँ सजाइएको छ ।

मैथिल समुदायले पारिवारिक सुख समृद्धिको कामना गर्दै श्रद्धापूर्वक मनाइने छठ पर्वको सोमबार अस्ताउँदो सूर्यलाई अर्घ दिने तयारी छ । अस्ताउँदो सूर्यलाई अर्घ दिनको लागि घाटमा आवश्यक बन्दोबस्त मिलाइएको हो ।

विशेष गरी मधेस र मैथली क्षेत्रमा मनाइने छठ पछिल्लो वर्षहरुमा राजधानीमा समेत धुमधामको साथ मनाउन थालिएको छ । ललितपुरको कुपण्डोलमा ११ वर्षदेखी छठ पर्व मनाउन थालिएको छठ पूजा समितिका संयोजक सतिशकुमार झाले जानकारी दिए । कुपण्डोल भन्दा अगाडी रामघार र थापाथलीमा छठ पूजा गर्ने गरेको उनले बताए ।

२०४७ मा सर्वोच्वको पूर्वन्यायधीश कमलनाथ दास, डा गौरिशंकरलाल दा, हालका मन्त्री अनिल सिन्हका बुबा सुशिल सिन्हा लगायतले मिलेर काठमाडौंमा छठ मनाउन थालिएको उनले जानकारी दिए । छठ मनाउनेको संख्या बढ्दै गएपछि रामघाट, थापाथली हुँदै कुपण्डोल सरेको उनको भनाइ छ । थापाथलीमा भने सुकुम्वासीहरूले छठ मनाउने ठाउँ कब्जा गरेको उनले बताए ।  

उनले छठ पूजाको लागि ललितपुर महानगरपलिकाले भरपुर सहयोग गरेको बताए । महानगरको वडा नम्बर १ र १० ले पनि सक्रिय सहभागिता जनाएर सहयोग गरिरहेको उनले जानकारी दिए । हाल यहाँ ६० प्रतिशत स्थानीयले पनि सहभागिता जनाउने गरेको उनको भनाइ छ । प्रसुतिगृह पछाडि पूजा गर्दा पनि काठमाडौं महानगरपालिकाले सकेसम्मको सहयोग गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?