आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

लोकपथ
3k
Shares

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ हजार रुपैयाँले घटेर २ लाख ३९ हजार ९ सय रुपैयाँ पुगेको हो ।

हिजो आइतबार प्रतितोला ११ हजार ६ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ४१ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । तिहारअघि कार्तिक ३ गते भने सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार ५ सय रुपैयाँ पुगेको थियो।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला २ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?