५ एसएसपी डीआईजीमा बढुवाका लागि सिफारिस [सूचीसहित]

लोकपथ
1.9k
Shares

काठमाडौं । नेपाल प्रहरीका ५ वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) हरु प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् ।

आइतबार बसेको बढुवा सिफारिस समितिको बैठकले सो निर्णय गरेको हो ।

बढुवा सिफारिस समितिका सदस्यसचिव समेत रहेका एआईजी राजन अधिकारीका अनुसार ५ जना बढुवाका लागि सिफारिसमा परेका हुन् ।

नेपाल प्रहरी शिक्षालय भरतपुर, चितवनमा कार्यरत भूपेन्द्रबहादुर खत्री, प्रहरी हेडक्वाटरको अन्तर्राष्ट्रिय प्रहरी समन्वय महाशाखामा कार्यरत सानुराम भट्टराई, प्रहरी हेडक्वाटरको मानवश्रोत विकास विभागवृत्ति विकास महाशाखामा कार्यरत ओमप्रसाद अधिकारी रहेका छन् । यसैगरी काठमाडौं उपत्यका प्रहरी कार्यालय मानवश्रोत व्यवस्थापन महाशाखा, रानीपोखरीमा कार्यरत शेखर खनाल, प्रहरी प्रधान कार्यालय, कार्य विभाग कार्य निर्देशनालय नक्सालमा कार्यरत अबि नारायण काफ्ले रहेका छन् ।

यता एसएसपी गंगा पन्त लगायत केही काविल प्रहरी अधिकृतहरु बढुवामा छुटेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?