काठमाडौं । संसद सचिवालयले राष्ट्रिय सभाको आगामी अधिवेशन सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको हलबाट सञ्चालन गर्नेगरी तयारी थालेको छ ।
एउटा अधिवेशन र अर्को अधिवेशनबिचको अवधि ६ महिना भन्दा बढी हुनु नहुने संवैधानिक व्यवस्था रहेको छ । राष्ट्रिय सभाको गत अधिवेशन भदौ मसान्तमा अन्त्य गरिएको थियो । भदौ मसान्तबाट ६ महिनाभित्रमा अर्को अधिवेशन बोलाइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । तर बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र गत भदौ २३ गतेको जेन—जी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको थियो । त्यहाँ बैठक बस्नसक्ने स्थिति छैन । त्यसैले संसद सचिवालयले राष्ट्रिय सभाको बैठक राख्न अर्को ठाउँको खोजि गरिरहेको संसद सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले बताए ।
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आगजनीपछि खण्डहर भएकाले बैठक बस्नसक्ने स्थिति नरहेको बताए । निर्माणाधिन संसद भवनको काम समयमै सकिए नयाँ संसद भवनबाट बैठक सञ्चालन गर्न सकिने नत्र सिंहदरबारस्थित कृषि समितिको सभा हलबाट बैठक सञ्चालन गर्नेगरी छलफल अघि बढेको बताए । यसअघि पनि कृषि समितिको हलबाट राष्ट्रिय सभाको बैठक सञ्चालन भएको भएपनि केही व्यवस्थापनमा जोड दिनुपर्ने बताए । दर्शक, सञ्चारकर्मी, अडियो, भिडियो कन्फरेन्सको व्यवस्थापन गर्नुपर्ने चुनौति रहेको बताए ।
उनले भने, ‘राष्ट्रिय सभा स्थायी सभा हो । एउटा अधिवेशन र अर्को अधिवेशनबिचको अवधि ६ महिना भन्दा बढी हुनु हुँदैन भन्ने संवैधानिक व्यवस्था छ । भदौ मसान्तमा राष्ट्रिय सभाको अधिवेशन अन्त्य भएको थियो । त्यसको ६ महिनाभित्रै आह्वान भइसक्नुपर्ने अवस्था हुन्छ । अधिवेशन आह्वान भइहालेको अवस्थामा हामीलाई बैठक बस्ने स्थानको अभाव छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आगजनीपछि खण्डहर भएको छ । बैठक बस्न सक्ने स्थिति छैन । यस अवस्थामा अधिवेशन आह्वान भएको खण्डमा बैठक कहाँ गर्ने भन्ने हो । दुई विकल्प छन् । एउटा निर्माणाधिन संसद भवन समयमै निर्माण सम्पन्न गर्ने हो । नयाँ संसद भवन निर्माण सम्पन्न भएन भने बैठक कहाँ छलफल गर्ने भनेर सचिवालयले छलफल गरिरहेको अवस्था हो । सिंहदरबारस्थित विभिन्न संसदीय समितिको हलहरु हेर्दा कृषि समितिको हल यसअघि पनि राष्ट्रिय सभा नै सञ्चालन भएको हल हो । त्यो नै उपयुक्त हुन्छ की भनेर छलफलमा आएको हो । अब समिति अनौपचारिक हुन्छन्, सभा औपचारिक हुन्छन् । केही काम गर्नुपर्ने हुन्छ । दर्शक, सञ्चारकर्मी, अडियो, भिडियो कन्फरेन्स, लाइभ प्रोकास्टको कुरा आउँछ । त्यसको व्यवस्थापन पनि हुनुपर्छ ।’
गत भदौ २३ र २४ गतेको जेनजी पुस्ताको आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित संसद भवन आगजनी र तोडफोडबाट खण्डहर भएको छ । सरकारले संसद अधिवेशन आह्वान गरिसकेको खण्डमा बैठक कहाँबाट सञ्चालन गर्ने भन्नेमा संसद सचिवालय स्थानको खोजि गरिरहेको छ । जेनजी युवाहरुले आन्दोलनका क्रममा संसद भवनसहित, सिंहदरबार, सर्वोच्च अदालत, राजनीतिक दलका कार्यालय, प्रहरी कार्यालयहरुमा आगजनी, तोडफोड गरेका थिए ।
राष्ट्रिय सभा बैठक कृषि समितिको हलबाट सञ्चालन गर्ने तयारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया