नियन्त्रित लागूऔषधसहित एक जना पक्राउ

लोकपथ
126
Shares

मोरङ । मोरङको मिक्लाजुङ गाउँपालिका–३ बाट नियन्त्रित लागूऔषधसहित एक जना पक्राउ परेका छन् । ट्रामाडोल ६७ ट्याब्लेटसहित सोही गाउँपालिकाको वडा-२ का २० वर्षीय युनिश विक पक्राउ परेका हुन् ।

अस्थायी प्रहरी चौकी टाँडीबाट खटिएको प्रहरीले आइतबार बिहान उनलाई लागूऔषधसहित पक्राउ गरेको हो । प्रहरीले घटनास्थलमा आवश्यक अनुसन्धान गर्दै थप विवरण सार्वजनिक गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?