नवनियुक्त मन्त्रीद्वय गौतम र गुप्ताले लिए शपथ

लोकपथ
1.8k
Shares

काठमाडौं । नवनियुक्त २ मन्त्रीले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।

आइतबार अपरान्ह राष्ट्रपति भवन शितल निवासमा नवनियुक्त मन्त्रीद्वय डा. सुधा शर्मा गौतम र बब्लु गुप्ताले मन्त्रीको शपथ लिएका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीद्वयलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।

राष्ट्रपति कार्यालयका अनुसार गौतमले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र गुप्ताले युवा तथा खेलकुदको जिम्मेवारी पाएका छन् ।

शपथग्रहण समारोहमा राष्ट्रपति पौडेलसहित उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, विघटित प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, मन्त्रीहरु लगायत विशिष्ट व्यक्तिहरुको समेत सहभागिता रहेको थियो ।

त्यसो त आजै अन्य २ मन्त्री समेत थप गर्ने तयारी गरिएको थियो । तर विवाद आएपछि अन्तिम अवस्थामा दलित अभियन्ता खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठको शपथग्रहण रोकिएको छ ।

दुवैको पृष्ठभूमी विवादित देखिएको भन्दै प्रधानमन्त्री सुशीला काकी उनीहरुलाई मन्त्री बनाउनबाट पछि हटेकी हुन् ।

स्वास्थ्यमन्त्री बनेकी गौतम पूर्वस्वास्थ्य सचिव हुन् । उनी स्त्री तथा प्रसूति रोग विशेषज्ञ हुन् । उनले ‘सिंहदरबारको घुम्ने मेच’ र ‘अप्रमेय’ पुस्तक समेत लेखेकी छन् ।

बब्लु गुप्ता परोपकारी संस्था १०० ग्रुपका संस्थापक हुन् । सामाजिक कार्यक्रममा उनले कोभिडकालमा निःशुल्क खाना अभियान चलाएका थिए । कोभिड महामारीअघि बब्लुले विपन्न र आर्थिक अवस्था कमजोर भएका मानिसका लागि कपडा बैंक अभियान चलाएका थिए । ‘हन्ड्रेड ग्रुप’ मार्फत विद्यार्थीहरूलाई पढाइरहेका उनी बिरामीका लागि आवश्यक रगत खोजिदिने सारथिसमेत हुन् ।

यो पनि…

थप चार मन्त्रीको शपथ आज, मन्त्री बन्न लागेकाहरू को कस्ता ?

चार जनामध्ये आज दुई मन्त्रीको मात्र शपथ, विवादपछि रोकियो सुनार र श्रेष्ठको शपथ



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?