ललितपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

लोकपथ
378
Shares

काठमाडौं । ललितपुरको बाडेगाउँमा मोटरसाइकलको ठक्करबाट घाइते भएकी एक पैदलयात्रीको उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी गोदावरी नगरपालिका–१४ हाडेगाउँकी ५० वर्षीया मैया महर्जनको उपचारका क्रममा निधन भएको हो ।

शनिबार राति महर्जनलाई टौखेलबाट सातदोबाटो तर्फ जाँदै गरेको बा.६२ प ४७२६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको  प्रहरीले जनाएको छ ।  

मोटरसाइकल चालक तनहुँ घर भएका २२ वर्षीय सुमित परियारलाई प्रहरी वृत्त सातदोबाटोले नियन्त्रणमा लिएको छ । सो मोटरसाइकलमा सवार २३ वर्षीय मनदिप पराजुली पनि दुर्घटनामा घाइते भएका छन् ।

प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?