काठमाडौं । कैलालीमा श्रीमानको हत्या गरेको आरोपमा श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ ।
जोशीपुर गाउँपालिका–३ लक्कड बस्ने ३५ वर्षीया सुनिता देवी कठरियालाई इलाका प्रहरी कार्यालय जोशीपुरबाट खटिएको प्रहरीले शनिबार राति नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार घरायसी विवादका क्रममा सुनिताले आफ्ना श्रीमान् ५० वर्षीय लखनलाल कठरियामाथि कुटपिट गरेकी थिइन् ।
कुटपिटबाट गम्भीर घाइते भएका लखनलालको टीकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया