काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य ठुलो मात्रामा घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ११ हजार ६ सय रुपैयाँले घटेर २ लाख ४१ हजार ९ सय रुपैयाँ पुगेको छ ।
तिहारअघि कात्तिक ३ गते सुनको मूल्य २ लाख ५३ हजार ५ सय रुपैयाँ थियो ।
अन्तर्राष्ट्रिय बजारमा पनि कात्तिक ४ गतेदेखि सुनको मूल्य करिब ५ प्रतिशतले घटेको थियो । असोज ३ गते प्रतिऔंस ४३५८ अमेरिकी डलरमा पुगेको सुन अहिले ४१११ डलरमा कारोबार भइरहेको छ ।
नेपालमा तिहारका कारण सार्वजनिक बिदा परेकाले मूल्य समायोजन गर्न ढिलाइ भएको महासंघले जनाएको छ । असोज ३१ गते सुनको मूल्य हालसम्मकै उच्च २ लाख ५८ हजार रुपैयाँ प्रतितोला पुगेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया