माइतीघर बालेन र गृहमन्त्रीका समर्थकको मात्र होइन : शंकर पोखरेल

लोकपथ
399
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माइतीघर मण्डलालाई एक पक्षको मात्रै प्रदर्शनस्थल बनाउन खोजिएको भन्दै आपत्ति जनाएका छन् ।

फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै उनले माइतीघर मण्डला काठमाडौं महानगरका मेयर बालेन शाह र गृहमन्त्री ओमप्रकाश अर्यालका समर्थकहरूको मात्रै प्रदर्शनस्थल बनेको बताए ।

पोखरेलले लेखेका छन्, ‘माइतीघर मण्डला कुनै एक पक्षका लागि मात्रै होइन, सबैका लागि हो। बालेन, सुधन वा गृहमन्त्रीका समर्थकहरूको मात्रै प्रदर्शनस्थल बनाउनु कानुनी सिद्धान्तमाथिको उपहास हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?