काठमाडौं । गायिका नितु पौडेलको पार्थिव शरीरको अन्त्येष्टि शनिबार पशुपति आर्यघाटमा गरिएको छ । पोस्टमार्टमपछि परिवारले अन्त्येष्टि गरेको हो ।
पौडेलको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान साढे ८ बजे निधन भएको थियो । उनी १ कात्तिकमा स्टुडियोभित्र शरीरमा पेट्रोल छर्की आगो लगाएर आत्मदाहको प्रयास गरेकी थिइन् ।
मृत्युपछि उनका दाइ गणेश पौडेलले प्रहरीमा कर्तव्य ज्यानको अभियोगमा जाहेरी दिएका छन् । उनले आफ्नी बहिनीको हत्या भएको दाबी गर्दै अनुसन्धान गर्न माग गरेका छन् । उनका अनुसार, नितु र गायक बाबुल गिरिबिच करिब ८–९ वर्षदेखि प्रेम सम्बन्ध थियो, र घटना गिरीकै स्टुडियोमा भएको थियो ।
यस विषयमा प्रहरी अनुसन्धान जारी रहेको छ । बाबुल गिरीले भने प्रहरीलाई दिएको बयानमा, नितुले आगो लगाएपछि निभाउने क्रममा आफू पनि सामान्य घाइते भएको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया