माइतीघरमा प्रदर्शन गर्न पुगेका ५० जना प्रहरीकाे नियन्त्रणमा

लोकपथ
917
Shares

काठमाडौं ।  स्थानीय प्रशासनबाट अनुमति नलिई काठमाडौंको माइतीघरमा प्रदर्शनका लागि पुगेका ५० जनालाई नेपाल प्रहरीले हिरासतमा लिएको छ । 

आज बिहानदेखि माइतीघरमा प्रदर्शन गर्न पुगेका जनेजी युनाइटेडका सदस्यलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले सोधपुछका लागि  नियन्त्रणमा लिएको हो । 

स्थानीय प्रशासनको अनुमतिबिना प्रदर्शन गर्न खोजिएको र अन्य जेनजी समूहबिच सम्भावित मुडभेडबाट प्रदर्शनकारीकै असुरक्षा हुने देखिएकाले सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरी परिसर, काठमाडौंले जनाएको छ । नियन्त्रणमा लिइएका ५० मध्ये २४ महिला र २६ पुरुष छन् । 

जेनजी युनाइटेडका अगुवा मदन कार्कीले आफूहरूले  स्वतन्त्र रूपमा प्रदर्शन गर्नका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट अनुमति माग्दा नपाएको बताए । उनले प्रहरी प्रशासनले प्रदर्शनकारीलाई नियन्त्रणमा लिनु लोकतान्त्रिक नभएको बताए। हामी जेनजीहरु एकजुट हुनुपर्छ भन्ने सकारात्मक भावसहित जाऔँ भनेको लागेका हौँ । तर हामीलाई रोकियो । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुमति पाएनौ, दिइएन, ‘खनालले भने 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?