बालुवाटारमा उच्चस्तरीय सुरक्षा बैठक : प्रदर्शन तयारी बारे सूक्ष्म विश्लेषण

लोकपथ
1.8k
Shares

काठमाडौं । वर्तमान सुरक्षा अवस्थाको विश्लेषण गर्न बालुवाटारमा उच्चस्तरीय सुरक्षा बैठक बसेको छ । 

बैठकमा  प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगाल र चारवटै सुरक्षा निकायका प्रमुखहरू उपस्थित थिए ।

करिब दुई घण्टा चलेको बैठकमा सुरक्षा प्रमुखहरूले वर्तमान सुरक्षा अवस्थाबारे आफ्नो विस्तृत विश्लेषण प्रस्तुत गरेका थिए र सम्भावित सुरक्षा चुनौतीका विषयमा पनि छलफल भएको थियो ।

बैठकपछि गृहमन्त्री ओमप्रकाश अर्यालले पत्रकारहरूसँग कुरा गर्दै भने, ‘सुरक्षा अवस्थाबारे हामीले सूक्ष्म विश्लेषण गरेका छौँ । विभिन्न समूहले प्रदर्शनका लागि तयारी गरेको भन्ने जानकारी प्राप्त भएको छ । राजनीतिक माग राख्ने हरेक व्यक्तिलाई स्वतन्त्रता छ। हामीले राजनीतिक मुद्दाको सम्बोधनका लागि संवादको ढोका खुला राखेका छौँ र सम्बद्ध पक्षहरूसँग वार्ता गर्नेछौँ। संवादबाटै समस्याको समाधान चाहन्छौँ।’

गृहमन्त्री अर्यालले सबै पक्षलाई जिम्मेवार ढंगले आफ्नो विचार प्रस्तुत गर्न आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?