काठमाडौं । काठमाडौंको गौरीघाटमा छठ पर्व मनाउने तयारी तीव्र रूपमा सुरू भएको छ ।
छठ पर्वका अवसरमा गौरीघाटको बागमती नदी किनारमा सरसफाई, सजावट र लाइटिङको काम भइरहेको छ ।
नदीमा रहेका पोलहरूमा प्रकाशको लागि लाइट जडान गरिएको छ भने विभिन्न स्थानहरू सजाइएको छ ।
विशेष गरी तराई क्षेत्रको पर्व मानिने छठ पछिल्लो समय देशका विभिन्न भागमा मनाउन थालिएको छ।
सूर्यदेवको उपासना गर्दै मनाइने यस पर्वमा मैथिल समुदायले पारिवारिक सुख, समृद्धि र स्वास्थ्यको कामना गर्दै श्रद्धापूर्वक पूजा अर्चना गर्छन् ।
काठमाडौं उपत्यकाका अन्य स्थानहरूमा पनि छठ पर्वको तयारी भइरहेका छन् । यस वर्ष छठ पर्व कात्तिक १० गते मनाइँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया