काठमाडौं । जेनजी आन्दोलनका क्रममा लुटपाटमा संलग्न रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बर्दियाको बढैयाताल घर भई काठमाडौंको कपनमा बस्दै आएका १७ वर्षीय अनिश गिरी र झापाको झिलझिले घर भई मालीगाउँ, काठमाडौंमा बस्ने १६ वर्षीय सोनम थापा मगर रहेका छन्।
कोटेश्वर प्रहरी प्रभागबाट खटिएको टोलीले आकस्मिक अपरेसन (एम्बुस) अन्तर्गत नरेफाटबाट उनीहरूलाई गोलीसहित नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार, पक्राउ परेकाहरूले जेनजी आन्दोलनका क्रममा दरबारमार्गमा उक्त गोली पाएको र साथमा राखेर हिँडेको बताएका छन् । तर, त्यहाँबाट लुटिएका अन्य हतियारबारे उनीहरूले अनविज्ञता देखाएका छन् ।
प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया