काठमाडौं । काठमाडौं महानगरपालिकाले यस वर्षको छठ पर्व मनाउन महानगर क्षेत्रभित्र ८ स्थान तोकेको छ ।
महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले शनिबार पत्रकार सम्मेलनमार्फत कमलपोखरी, गौरीघाट, बोक्सीदह, बागमती दोभन, टंकेश्वर, बल्खु कुमारी क्लब अगाडि, कुलेश्वर भलिबल ग्राउण्ड र रामघाटलाई छठ पर्व मनाउनका लागि तोकिएको जानकारी दिएका हुन् ।
उनका अनुसार यी स्थानहरूमा महानगरले सरसफाइ अभियान सुरु गरिसकेको छ । सरसफाइका लागि ३ सयभन्दा बढी सरसफाइकर्मी परिचालन गरिएको छ । पाण्डेले छठ पर्वका तयारी व्यवस्थित रूपमा भइरहेको बताउँदै भने, ‘छठ पर्वको नाममा ताल पोखरीमा पैसा उठाउन नपाइने र कसैले शुल्क लिन खोजे जानकारी दिन आग्रह गरिएको छ।’
त्यसैगरी उनले तोकिएका स्थानमा सवारीसाधन पार्किङ नगर्न पनि अनुरोध गरे ।
यस वर्ष कात्तिक १० गते छठ पर्व मनाइँदैछ । यो पर्व सूर्यदेवको आराधना गर्दै नदी वा पोखरी किनारमा विशेष पूजाआर्चनासहित मनाइन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया