काठमाडौं । हायात होटलको सेवा बन्द र कर्मचारी प्रवेशमा रोक लगाइएको घटनाप्रति प्रधानमन्त्री सुशीला कार्कीले गम्भीर ध्यानाकर्षण जनाएकी छन् ।
प्रधानमन्त्रीको चासोपछि अर्थमन्त्री रामेश्वर खनाल शनिबार बिहान हायात रिजेन्सी होटल पुगेका थिए । उनले व्यवस्थापनसँग भेट गर्दै घटना र पछिल्ला परिस्थितिबारे विस्तृत जानकारी लिएका छन् ।
भेटका क्रममा मन्त्री खनालले सरकारले होटलको सुरक्षाको पूर्ण प्रत्याभूति दिने प्रतिबद्धता व्यक्त गरे । उनले होटल व्यवस्थापनलाई ढुक्क रहन र सेवा सञ्चालन रोक्नुको कुनै कारण नरहेको बताए ।
‘सरकार तपाईँहरूको साथमा छ,मन्त्री खनालले भने, ‘सुरक्षाको सम्पूर्ण व्यवस्था मिलाइनेछ, तपाईँहरू आत्मविश्वासका साथ आफ्नो सेवा निरन्तर दिनुहोस् ।’
उक्त घटनाबारे थप छलफलका लागि आइतबार पुनः होटल व्यवस्थापनसँग बैठक बस्ने तयारी भइरहेको प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ । छलफलपछि आवश्यक सरकारी पहल अघि बढाइने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया