गायक बाबुल गिरीविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दर्ता

लोकपथ
280
Shares

काठमाडौं । गायक बाबुल गिरीविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दर्ता भएको छ । गायिका नितु पौडेलको परिवारले बाबुलविरुद्ध प्रहरी वृत्त सिंहदरवारमा जाहेरी दर्ता गराएको प्रहरी स्रोतले जनाएको छ ।

गायिका नितु पौडेलले गत कात्तिक १ गते अनामनगरस्थित गिरीकै रेकर्डिङ स्टुडियोमा आफ्नो शरीरमा पेट्रोल छर्किएर आगो लगाएकी थिइन् । उक्त आत्महत्या दुरुत्साहनमा गायक तथा संगीतकार गिरीकै हात रहेको परिवारले आरोप लगाएको छ ।

गत कात्तिक १ गते आफ्नै शरीरमा आगो लगाएकी गायिका पौडेलको कात्तिक ७ गते शुक्रबार उपचारका क्रममा मृत्यु भएको थियो । गायिकाको मृत्यु पश्चात् उनका परिवारका सदस्य आत्महत्या दुरुत्साहनको जाहेरी लिएर प्रहरी वृत्त सिंहदरवारमा पुगेका थिए ।

नितुको परिवारको उनले आत्महत्या गरेको नभई हत्या नै गरेको आरोप लगाएका छन् । नितु र बाबुल विगत ८ वर्षदेखि प्रेम सम्बन्धमा रहेको भन्दै दुई जना मात्रै भएको कोठाभित्र आफ्नो बहिनीलाई जलाइएको दाबी नितुको परिवारको छ ।

गायिका पौडेलले आत्मदाहको प्रयास गरे लगत्तै प्रहरीले गायक बाबुल गिरीलाई समेत नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । त्यसपछि छाडेको प्रहरीले शुक्रबार पुनः गिरीलाई नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?