काठमाडौं । मधेस प्रदेश सरकारले छठ पर्वको भोलिपल्ट पनि सार्वजनिक बिदा दिने गरेको गरेको छ ।
मधेस प्रदेशको गृह, सञ्चार तथा कानून मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै कात्तिक ११ गते मंगलबारका दिन सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराएको हो।
उपसचिव गणेश नायकद्वारा जारी सूचनाअनुसार यो निर्णय २०८१ साल चैत २२ गते प्रकाशित ‘प्रदेश राजपत्र’ मा समावेश २०८२ सालका थप बिदा सम्बन्धी सूचनाको आधारमा गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया