दार्चुलामा जिप दुर्घटना, एक जनाको मृत्यु

लोकपथ
77
Shares

काठमाडौं । दार्चुलाको मार्मा गाउँपालिका–३ दानीखेतमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज (शुक्रबार) बिहान लटिनाथबाट सार्सीतर्फ जाँदै गरेको सु प प्र ०१ ००१ ज १६६२ नम्बरको जिप दानीखेतमा दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा परी जिपका मालिक ३४ वर्षीय करबिरसिंह ठगुन्नाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विक्रम शाहीले जानकारी दिए ।

जिप कसले चलाएको र कसरी दुर्घटना भयो भन्नेबारे थाहा हुन नसकेको प्रहरीले जनाएको छ । जिप चालकको खोजी गर्न इलाका प्रहरी कार्यालय लटिनाथबाट प्रहरी  टोली घटनास्थलतर्फ गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?