चीनले नयाँ सञ्चार प्रविधि परीक्षण उपग्रह अन्तरिक्षमा पठायो

लोकपथ
217
Shares

बेइजिङ । चीनले बिहीबार राति नयाँ सञ्चार प्रविधि परीक्षण उपग्रह सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ ।

दक्षिण चीनको हाइनान प्रान्तस्थित वेनचाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट बेलुका १०ः३० बजे (बेइजिङ समय) लङ मार्च–५ वाहक रकेटमार्फत उक्त उपग्रह प्रक्षेपण गरिएको हो । 

प्रक्षेपणपछि उपग्रह आफ्नो योजनाबद्ध कक्षमा सफलतापूर्वक प्रवेश गरेको चीनको अन्तरिक्ष निकायले जनाएको छ ।

उक्त उपग्रह मुख्यतया बहु–ब्यान्ड र उच्च–गति सञ्चार प्रविधि प्रमाणीकरण परीक्षणहरू गर्न प्रयोग गरिने बताइएको छ ।

यो प्रक्षेपण लङ मार्च वाहक रकेट शृङ्खलाको ६०२ औँ मिसन रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?