काठमाडौं । सोलुखुम्बुमा बिहीबार साँझ बोलेरो दुर्घटना हुँदा मृत्यु भएका ३ जनामध्ये २ जनाको सनाखत भएको छ । यस्तै, घाइतेहरूको पनि पहिचान खुलेको छ ।
मृतकमध्ये दुर्घटनामा सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ छेस्काम घर भएकी १६ वर्षीया हबी राई र सोही ठाउँकी २० वर्षीया शान्ति राईको सनाखत भएको छ । मृतक एक किशोरीको पहिचान खुलेको छैन ।
दुर्घटनामा घाइते भएका गाडी चालक महाकुलुङ–३ घर भएका ३२ वर्षीय श्रीध्वज राईको अवस्था गम्भीर रहेको बताइएको छ ।
दुर्घटनामा महाकुलुङ–४ की १८ वर्षीया बस्तीकला राई, १६ वर्षीया गंगा राई, १६ वर्षीया समया राई, १६ वर्षीया सजना राई र १० वर्षीय उमेश राई घाइते भएका छन् ।
घाइतेहरूको जिल्ल अस्पताल फाप्लुमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा दुईजना भने सकुशल छन् ।
बिहीबार साँझ साढे ७ बजेतिर माप्य दूधकोशी गाउँपालिकाबाट महाकुलुङ गाउँपालिकातर्फ जाँदै गरेको बोलेरो गाडी दुर्घटनामा परेको थियो । खुम्बुबाट महाकुलुङ हिँडेका यात्रु लिन माप्य गएको गाडी फर्किने क्रममा दुर्घटनामा परेको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी मनोजित कुँवरका अनुसार, माप्य दूधकोशी गाउँपालिकाको वडा नम्बर ६ र ७ को सिमानामा रहेको भिरकुनाबाट गाडी सडकबाट करिब ४ सय मिटर तल खसेर दुर्घटना भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया