पहाडी भू-भागमा वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

लोकपथ
1k
Shares

काठमाडौं । देशभर आज कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहनेछ भने पहाडी भू-भागमा आंशिक बदली हुनेछ ।

दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै, राति पनि यी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने अनुमान गरिएको छ । बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहनेछ । गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा राति पनि एक/दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?