झापामा कुटपिटबाट युवकको मृत्यु

लोकपथ
133
Shares

झापा । झापाको बिर्तामोड नगरपालिका–५ बुधबार राति मा कुटपिटबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड–५ का ३० वर्षीय जगन राजवंशी छन् । 

झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार राजवंशी  र केही व्यक्तिबीच झगडा हुँदा उनीमाथि कुटपिट भएको थियो । कुटपिटबाट घाइते राजवंशीलाई उपचारका लागि बी एन्ड सी अस्पताल बिर्तामोड लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रहरीले कुटपिटमा संलग्न भएको आरोपमा बिर्तामोड–५ का २६ वर्षीय हेमकुमार चौधरीलाई पक्राउ गरेको छ । उनलाई शिवशताक्षी नगरपालिका–७ बाट प्रहरीले पक्राउ गरेको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?