काठमाडौं । कर्णाली याक्स स्पोर्टस् प्रालिले दोस्रो नेपाल प्रिमियर लिग (एनपीएल)को लागि नयाँ जर्सी सार्वजनिक गरेको छ । जर्सीमा आकासे र पहेँलो रंग समावेश गरिएको छ । जसले कर्णाली प्रदेशको भौगोलिक र सांस्कृतिक महत्व पनि राख्ने जनाइएको छ ।
एनपीएलको दोस्रो संस्करण मंसिरमा हुन गइरहेको छ । कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले मंसिरमा हुने एनपीएलको लागि कर्णाली याक्सले लगाउने जर्सी सार्वजनिक भएको र चाडै समर्थकमाझ पुर्याउने योजना रहेको बताए ।
दोस्रो संस्करणको लागि कर्णाली याक्सले आफ्नो तयारी तीव्र बनाइरहेका बेला ट्यालेन्ट हन्ट ३ नोभेम्बरमा गर्दैछ ।
पहिलो संस्करणमा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो । दोस्रो संस्करणमा पनि कर्णालीले ज्ञानेन्द्र मल्ललाई नै प्रशिक्षकमा निरन्तरता दिएको छ । टोलीको कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेत छन् ।
यस्तै, कर्णालीले मार्की सोमपाल कामीसँगै गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीलाई रिटेन गरेको छ । त्यस्तै, क्लबले पहिलो विदेशी खेलाडीको रूपमा स्कटल्यान्डका मार्क वाटलाई अनुबन्ध गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया