अमेरिकाबाट दसैँ–तिहार मनाउन आएका छोरा बुहारीमाथि बाबुले गरे खुकुरी प्रहार, दुवै जना घाइते

लोकपथ
7.2k
Shares

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–५, थलीस्थित भीमबारी टोलमा बुधबार बिहान एक पुरुषले आफ्नै छोरा र बुहारीमाथि खुकुरी प्रहार गर्दा दुई जना घाइते भएका छन्।

प्रहरीका अनुसार ५३ वर्षीय विष्णु उप्रेतीले घरायसी विवादका क्रममा आफ्ना छोरा ३२ वर्षीय रुविस उप्रेती र बुहारी मनिता भण्डारीमाथि खुकुरी प्रहार गरेका हुन् ।

आक्रमणबाट छोरा रुविसको बायाँ हातका चार औंला काटिएका छन् भने दाहिने खुट्टाको घुँडामा चोट लागेको छ । त्यस्तै बुहारी मनिताको दाहिने हातको कुममा चोट लागेको प्रहरीले जनाएको छ ।

घाइते दुवै जनालाई उपचारका लागि अस्पताल लगिएको छ । आक्रमणपछि बुबा विष्णु उप्रेतीलाई प्रहरीले नियन्त्रणमा लिएर गोकर्ण प्रहरी प्रभागमा राखिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनाको विस्तृत अनुसन्धान जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?