युगान्डामा दुई बस ठोक्किँदा कम्तीमा ६३ जनाको मृत्यु

लोकपथ
84
Shares

काठमाडौं । युगान्डाको प्रमुख राजमार्गमा बुधबार बिहान दुईवटा बस आपसमा ठोक्किँदा कम्तीमा ६३ जनाको मृत्यु भएको छ  । प्रहरीका अनुसार दुर्घटना कम्पाला–गुलु मोटरवेमा मध्यरातपछि भएको हो ।

प्रहरीद्वारा सामाजिक सञ्जाल एक्समा प्रकाशित विज्ञप्ति अनुसार दुर्घटना ‘ओभरटेक गर्ने क्रममा’ भएको हो । एक चालकले ठक्करबाट जोगिन प्रयास गर्दा बस पल्टिएको र त्यसपछि अन्य चार सवारीसाधन समेत नियन्त्रण गुमाएर पटक–पटक पल्टिएका थिए ।

विज्ञप्तिमा भनिएको छ, ‘घटनामा संलग्न सवारीसाधनका सबै यात्रुसहित ६३ जनाको मृत्यु भएको पुष्टि भएको छ ।’

प्रहरीका अनुसार धेरै जना घाइते भएका छन् र उनीहरूलाई किर्‍यान्डोङ्गो अस्पताल तथा नजिकका अन्य स्वास्थ्य केन्द्रहरूमा उपचारका लागि लगिएको छ। तर, घाइतेहरूको सङ्ख्या र अवस्था बारे विस्तृत विवरण अहिलेसम्म उपलब्ध छैन ।

युगान्डामा यसअघि पनि ओभरटेकका कारण हुने ठुला सवारी दुर्घटनाहरूले मानवीय क्षतिको संख्या दोब्बर पार्ने गरेको भन्दै प्रहरीले सर्वसाधारणलाई सचेत रहन र सावधानी अपनाउन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?